राष्ट्रपतिमाथि दुब्र्यवहार गर्नेलाई कार्वाही गर्नुपर्छ

जानकी मन्दीरमा राष्ट्रप्रमुखले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्दा तराईका केही ब्यक्तिहरुले राष्ट्रप्रमुख माथि गरेको   व्यवहारको निन्दा सँगै त्यस्ता व्यक्तिहरुलाई तत्काल कारवाही गर्नुपर्ने चौतर्फि दवाव सृजना भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग लगायतका बिभिन्न महिला संवद्ध अधिकारबादी संघ संस्थाहरुले यसको बिरोध जनाएका छन् ।
विभिन्न राजनीतिक पार्टी निकट महिला संघ संगठनहरुले राष्ट्रपति विद्यादेवी   भण्डारी माथि रामजानकी मन्दीरमा भएको दुब्र्यवहार, अपमान र आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।
नेपालको संविधानले महिलाहरुको हक र अधिकारलाई उच्च मनोवलका साथ आत्मसाथ गर्दै नेपालको पहिलो महिला   राष्ट्रपति माथि आन्दोलनको नाममा देखाईएको अराजक प्रवृतीको सदाका अन्त्यका लागि त्यस्तो कार्यमा संलग्नलाई कारवाही गर्नुपर्ने मागका बारेमा सरकारले तत्काल कदम चाल्नुपर्ने र त्यस्ता व्यक्तिहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने देखिन्छ ।  जानकी मन्दिरमा घटेको घटनाले       राष्ट्रप्रतिको अपमान सँगै सँस्कृतिमाथिको प्रहार र धर्मको नाममा महिलामाथि ग    रिएको हिंसा भएको दावी समेत महिला अधिकारकर्मीहरुले गरेका छन् । सरकारले तत्काल कदम चाल्नुपर्ने र दोषीलाई      कारवाही गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार